त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्स विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। नेपाली सेनाका अनुसार सबै जना सौर्य एअरका कर्मचारी हुन् ।
बुधबार विहान दुर्घटनामा परेको सौर्य एअरको विमानको पाइलट मनिष शाक्यलाई उपचारार्थ केएमसी अस्पताल लगिएको छ । बाँकीको खोज र उद्धारमा शुरक्षा निकाय लागिपरेको छ । प्लेन सी–चेकको लागि पोखरा जाने तयारीमा थियो । त्यसमा सौर्य एअर कर्मचारीहरु मात्रै थिए।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको खुलासा भएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणको अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडान भर्न लागेको हो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडान भर्न लागेको उक्त जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले पनि उद्धारको काम जारी छ ।