एजेन्सी । दक्षिण कोरियामा कोभिड-१९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित थपिएका छन् । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टाभित्र मात्र ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।
समाचारका अनुसार पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोरोनाको संक्रमण रहेको छ ।
संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको छ ।