शुक्रबार , अषोज ४, २०८१

स्थानीय चुनावमा महिला उम्मेदवार कति छन्?

image

काठमाडौं । ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ । निर्वाचनमा कूल १४५ हजार १० जना उम्मेदवार छन् ।

स्थानीय तह निर्वाचनबाट चुनिने सातमध्ये तीनवटा पदमा महिला चाहिने बाध्यकारी व्यवस्था छ । सोहि कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा दिएको कुल उम्मेदवारको साढे ३८ प्रतिशत हिस्सा महिलाको छ।

कूल १४५ हजार १० जना उम्मेदवारमा महिला सदस्यमा २५ हजार ५९९ छ । महिलाहरुले दिएको उम्मेदवारीबाध्यकारी पद बाहेक अन्यमा निकै कम छ ।

आयोगको तथ्याङ्क अनुसार संविधानले व्यवस्था गरेको वाध्यात्मक स्थितीमा बाहेक दलहरुले अन्य पदमा भने उदासिनत देखाएका छन् ।संविधानमा स्थानीय तहमध्येप्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला दलित सदस्य, महिला सदस्य र दुई वडा सदस्य पदमध्ये कम्तिमा पनि तीन पदमा महिला अनिवार्य छ ।

तीन चरणमा सम्पन्न स्थानीय तहको २०७४ सालको निर्वाचनमा देशभरका ७५३ स्थानीय तहमा निर्वाचित भएका ३५,०४१ जनप्रतिनिधि मध्ये १४,३५३ अर्थात् ४० प्रतिशत बढी महिला निर्वाचित भएका थिए।

जसमध्ये १८ महिला स्थानीय निकायको प्रमुखमा र ७०० जना उपप्रमुखमा निर्वाचित भए। २०७४ सालको निर्वाचनको तुलनामा वैशाख ३० गते हुन गइरहेको महिला उम्मेदवारको दर २ प्रतिशतले घटेको छ ।

महिला उम्मेदवार कुन पदमा कति ?

पद पुरुष महिला कुल
प्रमुख ३०११ २३० ३२४१
उपप्रमुख १४३५ ५३० १९६५
अध्यक्ष २९४० १५५ ३०९५
उपाध्यक्ष १६४४ ५२६ २१७०
वडाध्यक्ष ३१५३७ ९४५ ३२४८२
सदस्य ५०६९३ २४०७ ५३१००

प्रमुख पदमा महिलालाई प्राथमिकता नदिएर उपप्रमुख दलमा केही बढी उम्मेदवारी दिएको देखिन्छ । पहिलो र दोस्रो पदमध्ये एउटामा अनिवार्य महिला उम्मेदवारको व्यवस्था भए पनि उपप्रमुख पदमा मात्र दलहरुले महिला उम्मेदवारलाई निरन्तरता दिएको देखिन्छ ।

दलको नाम प्रमुख/अध्यक्ष महिला उपप्रमुख/उपाध्यक्ष महिला
नेपाली कांग्रेस ६३१ २५ ५३४ ४३८
एमाले ७३० ५१ ७१६ ६५६
एकीकृत समाजवादी २७५ २२ २९९ १७८
माओवादी केन्द्र ४१८ २३ ४९० ३०८
लोसपा १६८ १३३ १२४
जसपा ३१६ १९ ३१६ २३३

महिलाले उम्मेदवारी  महिला सदस्य र दलित महिला सदस्यमा मात्रै सिमित गरेका छन् । हरेक वडामा दुई जनाका दरले रहने वडा सदस्यमा समेत महिलाले प्राथमिकता पाएका छैनन् ।

कुल ५३ हजार १०० वडा सदस्यको पद उम्मेदवारी परेकोमा महिला उम्मेदवारको संख्या २ हजार ४०७ मात्रै छ ।

सम्बन्धित समाचार