काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तीन बहालवाला मन्त्रीविरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उनीहरूविरुद्ध लिखित उजुरी परेको हो ।
भरतपुरका अश्विन घिमिरेले प्रचण्डसंगै महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी दिएका हुन् । उनीहरुलाई निर्वाचन आयोगले ८ घण्टाभित्र स्पष्टीकरण सोधेको छ ।
प्रचण्डले बुधबार मौन अवधिको समयमा पनि कार्यकर्तालाई जम्मा गरी चुनाव जिताउनका लागि अपिल गरेको बताइएको छ ।
साथै मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भनिएको २ वटा भिडीयोक्लिप सहित उजुरी गरिएको छ ।