लिङ्गसँगै रातो कपडा पनि झुन्डिएको हुन्छ । उक्त कपडालाई द्रौपदीको योनीको प्रतीक मानिन्छ । लिङ्गलाई ठेलेर उक्त कपडामा छिराउनाले सन्तान प्राप्ति हुन्छ भने जनविश्वास रही आएको छ ।
– जीआर रञ्जित
होलि पूर्णिमाको एक साता अगिको दिन (सिल्लागा अष्टमीका दिन) लाई चिर स्वायगु भनिन्छ । यसै दिनदेखि फागु पूर्णिमा (होलि पूर्णिमा) को औपचारिक सुरुवात भएको मानिन्छ ।
यस दिन भक्तपुर दत्तात्रय मन्दिर अगाडि रहेको तचपाल भीमसेन अगि “चिर स्वायगु” भन्ने विशेष मेला लाग्ने गर्दछ । यसदिन भीमसेनको लिङ्गलाई भीमसेन मन्दिरबाट ल्याई बिहान दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ । उक्त लिङ्गलाई भीमसेन पाटीमा एक साता सम्म राख्ने गर्दछन् ।
लिङ्गसँगै रातो कपडा पनि झुन्डिएको हुन्छ । उक्त कपडालाई द्रौपदीको योनीको प्रतीक मानिन्छ । लिङ्गलाई ठेलेर उक्त कपडामा छिराउनाले सन्तान प्राप्ति हुन्छ भने जनविश्वास रही आएको छ ।
भीमसेनको लिङ्गलाई स्थानीय भाषामा ‘लग’ भनिन्छ । यसदिन देखि एक गीत गाउने गर्थे, ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको हो कि’ भनेर भजन–कीर्तन गर्थे ।
एक साता पछि लिङ्गलाई ब्रम्हायणीको खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन हुने परम्परा रहेको छ ।