दैलेख । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । प्रहरीको अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् ।
घट्नास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ ।
बम भेटिएको ठाउँमा यसअघि ब्यारेक थियो । विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको स्रोतले जनाएको छ ।