दक्षिणतर्फको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकाले त्यसलाई भष्मासुर डाँडा र भगवान् महादेव लुकेर बसेको गुफालाई गुप्तेश्वर भनिन्छ ।
Photo by: देबेन्द्र बस्न्यात
– देबेन्द्र बस्न्यात
ललितपुर जिल्लाका १२ गाविस समेटेर गोदावरी नगरपालिका बनाइएको हो । ती गाविसमा गोदावरी, विशंखुनारायण, गोदामचौर, ठैव, बडिखेल, झरुवारासी, चापागाउँ, ठेचो, छम्पी, डुकुछाप, देवीचौर र लेले हुन् । प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ गोदावरी । साइकल यात्रा, पदयात्रा, वनभोज, चरा अवलोकन, वनस्पती उद्यान अवलोकन तथा धार्मिक तीर्थाटनका लागि प्रसिद्ध गन्तव्य छन्, नगरपालिकाभित्र ।
साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ । गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ । धार्मिक दृष्टिले विशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल । हरिबोधनी एकादसीका दिन विशंखुनारायणमा ठूलो मेला लाग्छ ।
आउनुहोस्, तीमध्ये एक विशंखुनारायणतिर जाऔँ । काठमाडौं उपत्यकाका चार नारायणमध्ये एक–विशंखुनारायण । काठमाडौं उपत्यकाको चार डाँडामा चार नारायण विराजमान छन् । त्यहाँ तिनका प्राचीन मन्दिर छन् ।
सानागाउँ नेवार समुदायको बाहुल्य भएको पुरानो बस्ती । समय अनुकूल भए केही समय यता बिताउनु बेस । त्यहाँबाट विष्णुडोल हुँदै विशंखुनारायण मन्दिरतर्फ लागौँ । उकालो लाग्दै गर्दा काठमाडौं उपत्यकाको मनमोहक दृश्य देखिन्छ । उपत्यका भित्र गज्याङमज्याङ देखिने बस्तीलाई घेर्ने वरपरका हरिया डाँडा प्रस्ट देखिए ।
मन्दिर मुन्तिरको एउटा छोटो बाटोमा पुगियो । त्यहीँ बाटो पहिल्याउँदै एकै क्षणमा मूल बाटोमा पुग्यौँ । सुगम लामो बाटो घुमेर जानुभन्दा छोटो बाटो चयन गर्ने निधो गर्यौँ । सहरको दृश्य ओझेलमा पुग्यो । मूल बाटोको पूर्वपट्टि सानो उपत्यका देखियो । वरपर सदाबहार हरियो जङ्गल । चराको चिरबिरे गानाको मधुरता चिर्दै सङ्घर्ष दाइले केही वर्ष अगाडि त्यो ठाउँमा प्याराग्लाइडिङ परीक्षण उडान गरेको अनुभव सुनाउनुभयो । सुन्दै मूल बाटाबाट सिँढी उक्लियौँ । डाँडाको मध्य भागमा पुगेपछि नारायण मन्दिर पुगियो ।
साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ । गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरिएको छ । धार्मिक दृष्टिले विशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हो । हरिबोधिनी एकादशीका दिन विशंखुनारायणमा भव्य मेला लाग्छ । मन्दिर भएको डाँडाको प्राकृतिक बनावट चाखलाग्दो छ । वर्षादको मौसम चारैतर्फ हरियालीले ढपक्क ढाकेको छ । यहाँसम्म आइपुगेपछि शान्त वातावरणमा भगवानको दर्शन र स्मरण गर्दै आराम गर्न सकिन्छ ।
पौराणीक किंवदन्ती :
सामान्य अवस्थामा विशंखुनारायण मन्दिरका पूजारी श्री राजेन्द्र सुवेदिज्यूसँग पौराणीक किंवदन्ती सुन्न सकिन्छ । किंवदन्तीअनुसार भष्मासुरको कठोर तपस्यापछि भगवान महादेव प्रशन्न भए । भष्मासुरले कहिल्यै नमर्ने वरदान माग्यो । महादेवले प्रकृतीको नियमविरुद्धको वरदान दिन असमर्थता व्यक्त गरे । भष्मासुरले अर्को वरदान माग्यो, ‘मैले जसको शिरमा हात राख्छु, त्यो भष्म होस ।’ महादेवले ‘तथास्तु’ भनिदिए ।
जसको शिरमा हात राख्यो त्यो भष्म हुने भगवान् महादेवबाट वरदान पाएको भष्मासुर आफ्नो वरदानको परीक्षा गर्न महादेवकै शिरमा हात राख्न खोज्छ । भयवित महादेव भगवान् विष्णुको शरणमा पुग्छन । महादेवको उद्दार गर्न विष्णु मोहिनी रूप धारण गरेर भष्मासुरसामू खडा भए । मोहिनीको सौन्दर्यमा भष्मासुर लठ्ठीयो । महादेव भने भागेर गुफामा लुके। मोहिनी रूप देखेर भष्मासुरले विवाह प्रस्ताव गर्यों । मोहिनीले आफू नृत्यङ्गना भएकाले आफूजस्तै नृत्य गर्न सक्ने मात्र योग्य वर हुने बताइन् । मोहिनीले जस्तै नृत्य गर्न भष्मासुर मञ्जुर हुन्छ । भष्मासुर मोहिनीसँग ताल मिलाएर नृत्यमा मस्त हुन्छ। मोहिनी आफ्नो हात शिरमाथि राख्ने मुद्रामा उभिन्छिन् ।
दक्षिणतर्फको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकाले त्यसलाई भष्मासुर डाँडा र भगवान् महादेव लुकेर बसेको गुफालाई गुप्तेश्वर भनिन्छ।
मोहिनीको रूप र नृत्यमा मस्त भष्मासुर आफूले पाएको वरदान बिर्सिएर आफ्नो टाउकोमा हात राख्न पुग्छ र जलेर भष्म हुन्छ। मोहिनी रूपधारण गरेका भगवान् विष्णु त्यहीँ गुफामा अन्तर ध्यान हुन्छन् । त्यहीँ स्थान विशंखुनारायणले पुजिन्छ । दक्षिणतर्फको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकाले त्यसलाई भष्मासुर डाँडा र भगवान् महादेव लुकेर बसेको गुफालाई गुप्तेश्वर भनिन्छ ।
विशंखुनारायणबाट फर्कदा विभिन्न रुट रोज्न सकिन्छ । भौतिक पूर्वाधार विकाससँगै सडक सञ्जाल धेरै विस्तार भएका छन् । चलनचल्तीको बाटो चयन गर्दा सहज हुन्छ । पाटन मंगलबजारबाट लगनखेल, सात दोबाटो हुँदै करीब सात कि.मि. दूरी तय गरेपछि बाँडेगाउँ पुगिन्छ । बाँडेगाउँ, सिवाल चोकबाट बायाँतर्फको बाटो भएर करीब डेढ किमि दूरी तय गरेपछि गौदामचौर पुगिन्छ । गोदामचौरको फुटबल ग्राउण्डबाट बायाँतर्फ करीब २ किमि उकालो लागे विशंखुनारायण पुगिन्छ । सवारी साधनको चाप केही हदसम्म छल्न सातदोबाटोबाट हरिसिद्धि, दमैटार हुँदै गोदामचौरबाट पनि विशंखुनारायण पुग्न सकिन्छ ।