काठमाडौं । मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
सरावगी वैशाख २६ गते बेलुका साढे १२ बजे महानगरपालिकाको वडा नम्बर १६ को एक मतदाताको घरमा गएका थिए । मत किन्न पैसा बाँडेको भन्दै जनता समाजवादीका समर्थकले होहल्ला गरेपछि उनी उक्त घरबाट भागेका थिए ।
उनि विरुद्ध जनता समाजवादी पार्टीका वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वरचन्द्र यादवले उजुरी दिएका थिए ।