गाउँपालिकाको विकासका लागि तपाईँको एजेन्डा के-के छन् ? भन्ने प्रश्नमा उनले भने- 'म सँग वास्तवमा कुनै चुनावी एजेन्डा छैन, तर भिजन छ, गरिब किसान तथा मजदुर वर्गको जीवनस्तर उकास्नका लागि उपयोगी योजनाहरू अगाडि बढाउँछु ।'
Photo by: हिमाल दर्पण
उनले राजनीतिक दल र नेताहरूले दिएका झुटा आश्वासनबाट नेपाली जनता आजित भइसकेको दाबी गर्दै आफूले त्यस्ता झुटा आश्वासन नबाँड्ने बताए ।
गाउँपालिकाको विकासका लागि तपाईँको एजेन्डा के-के छन् ? भन्ने प्रश्नमा उनले भने- ‘म सँग वास्तवमा कुनै चुनावी एजेन्डा छैन, तर भिजन छ, गरिब किसान तथा मजदुर वर्गको जीवनस्तर उकास्नका लागि उपयोगी योजनाहरू अगाडि बढाउँछु ।’
उनले प्रतिबद्धता जनाउँदै भने- ‘म यस्तो गर्छु, उस्तो गर्छु भनेर ठुला ठुला सपना बाँड्न चाहन्न, यति चाहिँ भन्छु म गरिब किसान तथा मजदुर वर्गको पक्षमा काम गर्छु ।’
उनले आफू सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गर्दै आफ्नो जीत सुनिश्चित जस्तै रहेको पनि बताए । ‘बेनीघाट रोराङका प्रत्येक जनताले चिन्ने र माया गर्ने उम्मेदवार मै हुँ, त्यसमाथि गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छु, मैले चुनाव जित्ने छु ।’ विवेकले भने ।
आफू युद्ध मैदानबाटै जन्मिएको माओवादी भएकाले वास्तविक, शोसित पिडित गरिब जनताको पक्षमा काम गर्ने पात्र आफू बन्ने उनको भनाई छ । आफ्नो उम्मेदवारीले पालिकाका सबै वर्गका जनताको प्रतिनिधित्व गर्ने उनले बताए ।
उमेरले ४० नकटेका उनी राजनीतिमा होमिएको भने साढे दुई दशक भइसकेका छन् । यस पटकको निर्वाचनमा अन्य उम्मेदवारहरू सबै ६० नाघेकाहरू मात्रै भएको र आफू मात्रै युवा भएकाले पनि पालिकाको विकास र रूपान्तरणका लागि आफूले नै जित्नुपर्ने उनको बयान छ ।
पाखुरीमा बल, मनमा आँट साहस भएका युवाहरू परिवर्तनका संवाहक भएकाले युवाहरूको रोजाइमा आफू पर्ने उनी दाबी पेश गर्छन् ।
को हुन् उनी ?
धादिङको बेनीघाट–रोराङ गाउँपालिका ७ (साबिक धुषा गाविस) मा जन्मिएका विवेक जनयुद्धको क्रममा राज्य पक्षबाट आफ्ना पिता, दाइ र भाइ मारिएपछि १२ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । भरखरै किशोर अवस्थामा प्रवेश गर्दै गर्दा आफ्ना पिता, दाजुभाइ गुमाउनु पर्दाको पिडाले राज्यप्रति विद्रोहको भाव उनको मनमा पैदा भयो । अनि २०५४ सालदेखि उनी युद्धमा होमिए ।
सुरुमा राज्यले परिवारमाथि गरेको हमला विरुद्ध प्रतिकारमा माओवादी बने । बिस्तारै माओवाद बुझ्दै गएपछि नेपाली जनताका लागि माओवादी आवश्यक रहेको उनले बुझे । अनि तत्कालीन राज्य व्यवस्था परिवर्तन गर्न अत्यावश्यक रहेको उनले थाहा पाए । अनि बन्दुकको गोलीबाट सत्ता प्राप्त हुने माओको सिद्धान्त उनले बुझे । विवेक भन्छन्–‘राज्यले मेरो परिवारमाथि गरेको ज्यादती असह्य भयो, अनि युद्धमा होमिए । पछि बुझ्दै जाँदा माओवाद नेपालको माटोले मागेको थाहा पाए । अनि सधैँका लागि माओवादी बने ।
धादिङको दक्षिणी भेग, प्रतिनिधिसभा क्षेत्र नम्बर १ (साबिक निर्वाचन क्षेत्र ३) मा माओवादी भन्ने बित्तिकै सम्झिने नाम हो विवेक थपलिया । उनी युद्ध जितिसकेपछि विजय जुलुसमा सहभागी भएका माओवादी होइनन् बरु युद्धको नेतृत्व गरेर आएका कमान्डर हुन् । युद्ध कालमा गाउँ बस्ती टोल टोलमा माओवादको प्रचारप्रसार गर्न होस् या युद्ध समाप्त भएपछि घाउहरूमा मलम लगाउन होस्, विवेक नै हाजिर हुन्थे र हुन्छन् । त्यसैले त त्यस क्षेत्रमा माओवादीको अर्को नाम बनेको छ, विवेक थपलिया ।
युद्ध कालमा सेनाले बम प्रहार गरेर उडाइदिएपछि बाँकी रहेको भग्नावशेषसँगै जोडेर बनाइएको उनको झुपडीमा माओवादीका सुप्रिम कमान्डरहरूले वास बसेका छन् । चिनेका छन् । माओवादी सत्तामा पुगेपछि पटक पटक राज्यको कार्यकारी प्रमुख भइसकेकाहरूसँग विवेकको राम्रै चिनजान छ । तर ती सम्बन्धलाई व्यक्तिगत लाभ उठाउने अस्त्र कहिले पनि बनाएनन् । बरु आफ्नो गाउँ बस्तीमै रहेर निरन्तर लडिरहेछन् । जनताको हक अधिकारका लागि आफ्नै पार्टीको नेतृत्वमाथि दावा बोलिरहन्छन् विवेक । उनी भन्छन्–‘म यहाँबाट सहर गएर कसको सेवा गर्ने ? म यही बस्छु, म गाउँमा जन्मेको मान्छे हुँ, गाउँकै सेवा गर्छु ।
आफू निर्णय गर्ने तहमा पुग्ने दिन आएको भन्दै उत्साहित हुँदै विवेकले भने- ‘म यो गाउँपालिकालाई विकसित र समृद्ध बनाउन चाहन्छु ।’