शुक्रबार , अषोज ४, २०८१

कलाकार भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

सक्रिय नभए पनि कलाकार केसी यसअघि एमालेमा थिए । अभिनेत्री खड्का भने यसअघि औपचारिक रूपमा कुनै दलमा आवद्ध थिइनन् ।

image

काठमाडौं । कलाकार भुवन केसी र  श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित एक कार्यक्रमका बीच कलाकारहरू कांग्रेस प्रवेश गरेका हुन् ।

त्यसैगरी कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सबैलाई पार्टीमा स्वागत गरेका छन् ।

उनीहरूलाई अभिनेता निर शाह आदिले कांग्रेसमा प्रवेश गर्न आग्रह गरेकाे बताइएकाे छ । सक्रिय नभए पनि कलाकार केसी यसअघि एमालेमा थिए । अभिनेत्री खड्का भने यसअघि औपचारिक रूपमा कुनै दलमा आवद्ध थिइनन् ।

स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा कलाकार केसीलाई प्रस्ताव गरेको थियो तर उनले उक्त प्रस्ताव अस्विकार गरेका थिए ।

यतिबेला चुनावी लहरले गाउँ-शहर तताएको छ । सर्वसाधारणदेखि लिएर बिभिन्न कलाकारहरु चुनावी माहौलमा भिज्न थालेका छन् । कोहि स्वतन्त्र उम्मेदवारको साथमा उभिएका छन् भने कोहि आफ्नो इच्छा अनुसारको पार्टीमा लागेका छन् ।

सम्बन्धित समाचार