उम्मेदवारहरू सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका छन् ।
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक गरेको सुचीमा भुवन केसीसहितका उम्मेदवारको नाम रहेको छ । भुवनको आवेदन, उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै अस्वीकृत हुनसक्ने अड्कल काटिएको थियो ।
मन्त्रालयले सूचनामा उम्मेदवारको दरखास्त स्वीकृत भएको जनाउँदै उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने उल्लेख गरेको छ ।