मंगलबार , अषोज १, २०८१

भाेजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

image

काठमाडाैं ।  भोजपुर नगरपालिका–१० को उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यलय भोजपुरका अनुसार शनिबार राति १० बजे अपरिचित व्यक्तिले षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार गरिएको हो ।

प्रहरीका अनुसार प्रहारबाट घाइते भएकी  तामाङको टाउकोमा चारवटा टाँका लगाइएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचार