आधुनिक समाजमा चलेको बफे भोजका र सुकु भोज गर्नका लागि बढी मान्छेहरूको आवश्यकता पर्ने भएका कारण यस प्रकारको भोज सङ्कटमा पर्न थालेको छ ।
झ्व भ्वय नेवार समुदायले खुवाउने परम्परागत एवं मौलिक भोज हो । यहाँ “झ्व” भन्नाले नेपाल भाषामा झ्वलिकं च्वनेगु (लाईन मिलाएर बस्ने) भन्ने अर्थ लाग्दछ भने “भ्वय” को अर्थ भोज हुन । यसरी लामो सुकुलमा लहरै बसेर खाने भएकोले यस भोजलाई झ्व भ्वय भनिन्छ ।
कतै कतै यस प्रकारको भोजलाई सुकु भ्वय पनि भन्ने गरिन्छ । जसको अर्थ “सुकु” अर्थात् सुकुलमा बसेर खाने भोज हो ।
नेवा संस्कार सँगै विकास भएको यस्तो प्रकारको भोज नेवार समुदायमा मनाइने विभिन्न संस्कारहरू जस्तैकी विवाह, व्रतबन्ध, इहि, बार्हा भोजका साथै जन्म संस्कार, मृत्यु संस्कारहरूमा समेत खुवाउने गर्दछ । शारीरिक रूपमा एकदम स्वास्थ्यकर रहेपनि आधुनिक समाजमा चलेको बफे भोजका र सुकु भोज गर्नका लागि बढी मान्छेहरूको आवश्यकता पर्ने भएका कारण यस प्रकारको भोज सङ्कटमा पर्न थालेको छ ।
चौरासी व्यञ्जनले युक्त यस भोज वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त रहेको छ । जसमा प्रोटिनको लागि मासु, गेडागुडी, कार्बोहाइड्रेटको लागि चिउरा, आलु, भिटामिनको लागि हरियो साग, काउली, दही, एसिडिटीको लागि लसुन, कफको लागि अल्कोहल, प्रेसरको लागि मेथी, पाचनको लागि अमिलोको झोल खाने गर्दछ । यी परिकारहरू राख्ने पनि एक नियम हुने गर्दछ ।
सुरुमा सालको पातको लपेस (लप्ते) मा चिउरा, लसुन, अचार, तखा ला, सङाखु (एक प्रकारको मासुको परिकार) राखेर “भ्वय छुयगु” भनेर सुरुवात गर्ने गर्दछ । यसरी राखेको भोजमा मानिसहरू बस्न थालेपछि “द्य: छायगु” भनेर देवतालाई चढाउने गर्दछ ।
भोज खान सुरु गरेपछि पहिला “दायका ला” मासु यसैक्रमले मुला अचार, गोल्भेडा अचार, केराउ, सिमि, आलु काउली, रक्सी र थ्वो (छ्याङ) राख्ने गर्दछ । दोस्रो पटक तक्व ला, मेथी, भुटन, र अमिलोको झोल राख्ने गर्दछ । तेस्रो पटक दही र सिसापुसा (सलाद) राखेपछि भोज सकिने गर्दछ ।