शुक्रबार , अषोज ४, २०८१

भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ५७ सय मतले अगाडि

image

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी छिन् । हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन् ।

उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५७३३ मतले पछि पारेकी छन् । सुवेदीले २३७४५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०३३४ मत पाएका छन् । यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३१८२४ मत पाएका छन् । उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाकी हमिला गुरूङले १८४०१ मतसहित पछ्याइरहेकी छन् ।

अहिले महानगरको वडा नम्बर १५ र १६ नम्बरको मत गणना भइरहेको छ । दुवै वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

२९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ । जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ ।

सम्बन्धित समाचार