शुक्रबार , अषोज ४, २०८१

घरदैलो कार्यक्रममा केशव स्थापित र बालेन शाहबीच जम्काभेट

image

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच  जम्काभेट भएको छ । भेटमा उनीहरुले  एकअर्काप्रति  हार्दिकता देखाएका छन् ।

आइतबार बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा  चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा स्थापित र बालेनको समूह जम्काभेट भएको हो । स्थापित र बालेनले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिए । बालेनको टिममा रहेका विवेक बास्तोलाका अनुसार स्थापित र बालेनबीच भेट हुँदा शुभकामना आदानप्रदान भएको थियो ।

चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रामक देखिने गरेका थिए । केही दिनअघि स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने गरेको आरोप समेत लगाएका थिए ।

सम्बन्धित समाचार