बुधबार , अषोज २, २०८१

अभिनेत्री सुरक्षा पन्तको फेसबुक प्रोफाइलमा हर्क साम्पाङ !

दलीय राजनीतिबाट विरक्तिएका कलाकार तथा सर्वसाधारणले चलेको यो कदमलाई एक क्रान्तिको रूपमा पनि बुझिएको छ ।

image

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले धमाधम मत परिणाम सार्वजनिक भइरहेका छन् ।  केहि ठाउँमा अझै मतगणना भइरहेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई कलाकारहरुले राम्रो साथ दिइरहेका छन् । केही कलाकारहरु आफ्नो रोजाईको राजनीतिक पार्टीमा आवद्ध भएर उक्त पार्टीको प्रचारप्रसारमा लागेका थिए भने केहि स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको देखियो ।

सर्वसाधारणहरुले पनि यसपालीको निर्वाचनमा स्वतन्त्र उम्मेदवार तथा युवाहरुलाई विश्वास गरेको देखिएको छ । दलीय राजनीतिबाट विरक्तिएका कलाकार तथा सर्वसाधारणले चालेको यो कदमलाई एक क्रान्तिको रूपमा पनि बुझिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने निश्चितप्राय भइसकेको छ भने धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्म्मेद्वार हर्क साम्पाङ राई विजयी भइसकेका छन् । अभिनेता तथा चलचित्र निर्माता निश्चल बस्नेत, कलाकार निर्मल शर्मा, अभिनेत्री सुरक्षा पन्त, अभिनेत्री स्वस्तिमा खड्का लगायतका कलाकर्मी काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा उभिए । केहि कलाकर्मीले बालेनका लागि भोट माग्ने, घरदैलो कार्यक्रममा सहयोग गर्ने समेत गरे ।

त्यसैगरि धरानका निर्वाचित मेयर हर्क साम्पाङ राईको चर्चा पनि यतिबेला चौतर्फी भइरहेको छ । अभिनेत्री सुरक्षा पन्तले आफ्नो आधिकारिक सामाजिक सञ्जाल  (फेसबुक)को प्रोफाइल पिक्चरमा मेयर हर्क साम्पाङ राईको तस्विर राखेर उनलाई शुभकामना दिएकी छिन् ।  साथै उनले ह्यासट्याग प्रयोग गरेर बालेनलाई पनि शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्– ‘हर्क साम्पाङ राई एक क्रान्ति । हामी राजनीतिमा दुई फरक नेतृत्व सँगै देखेर भाग्यमानी छौं, बालेन र हर्क साम्पाङ राई ।’

सम्बन्धित समाचार