बुधबार , अषोज २, २०८१

सिर्जनाले केशवलाई ८३१ मतले पछि पारिन्, बालेनको अग्रता कायमै

image

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार १ लाख १६ हजार ८ सय ८५ गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन् ।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन् । सिंहले २३ हजार ८५५ मत पाएकी छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।

३२ वडा रहेको काठमाडौं महानगरमा १५६ वडाको अन्तिम परिणाम आइसकेको छ ।

सम्बन्धित समाचार