शुक्रबार , अषोज ४, २०८१

बालेको धन्यवाद र्याली जारी, खुल्लामञ्चमा पुगेर सभामा परिणत हुने

उनको धन्यवाद र्‍यालीमा काठमाडौं महानगरपालिकाका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि उपस्थित छन् ।

image

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद र्‍यालीमा निस्किएका छन् । कालो भादगाउँले टोपीमा शीरमा सजाएर नेपालको झण्डा ओढी शाह शुक्रबार मतदातालाई धन्यवाद भन्न निस्किएका हुन् ।

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । उनको धन्यवाद र्‍यालीमा काठमाडौं महानगरपालिकाका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि उपस्थित छन् ।

सायमीले आफूले हारेपनि बालेनको जितमा खुसी भएको बताएका थिए ।

सभागृहबाट सुरु भएको उनको धन्यवाद र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वोर, जडिबुटी, पेप्सीकोलाबाट फिर्ता हुनेछ ।

त्यस्तै कोटेश्वोर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंंगा, गौशाला, चावाहिल, महारजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वोर, सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर उक्त र्‍याली धन्यवाद सभामा परिणत हुनेछ ।

सम्बन्धित समाचार