शुक्रबार , अषोज ४, २०८१

‘शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई सरसफाइ सामग्री दिन्छौं’ -मेयर बालेन

image

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन् । मेयर शाहले सार्वजनिक प्रयोग गर्न दिने शौचालयका लागि सरसफाई सामाग्री दिने बताए ।

शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको उनले प्रष्टाएका छन् ।

‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन । उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज उनले भने, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न । पहिले रेष्टुरेन्टलाई कर छुट दिने भनिएको थियो । तर रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने उनले बताएका छन् । महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उनले बताए ।

सम्बन्धित समाचार