काठमाडौं । स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ परेका छन् ।
गोरखाको गण्डकी गाउँपालिकास्थित सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् ।
निर्वाचनका बेला कुनै पनि प्रकारका हतियार प्रदर्शन तथा बोक्न नपाइने व्यवस्थाको उल्लंघन गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।