बिहिबार , मंग्सिर ६, २०८१

यौनको मामिलामा विश्वगुरु थियो, प्राचीन भारत

त्यसो त प्राचीन भारतमा सेक्समाथि धेरै ग्रन्थ लेखिए तर कामसूत्रले पहिलो पटक सेक्समा नारीको आनन्द पुरुषको जति महत्त्वपूर्ण हुँदैन भन्ने मिथकलाई तोड्यो । पहिला महिलाले चरम सुख यानि ‘अर्गाज्म’का लागि पुरुषमाथि निर्भर हुनुपर्छ भन्ने धारणा थियो । वात्स्यायनले पहिलो पटक कामसूत्रमा महिलाहरूको चरम सुखका लागि पुरुष हुनु जरुरी नरहेको बताएका छन् ।

image

‘कामसूत्र’का रचनाकार वात्स्यायनभन्दा सयौँ वर्ष अघि यूनानी साहित्यमा कामको अवधारणामाथि व्यापक चर्चा भएको थियो । प्लेटो ‘काम कसैमाथि अधिकार जमाउने आकाङ्क्षा हो’ भन्ने मान्थे । ‘सिम्पोजियम’मा ग्रीक नाटककार एरिस्टोफेन्सले पनि एक समयलाई उल्लेख गरेका थिए जब मानिस आफैँमा परिपूर्ण हुने गर्थ्यो र उसलाई कोही अरूको आवश्यकता पर्दैन थियो । फलस्वरूप उनीहरू धेरै शक्तिशाली भए र देवताहरूलाई चुनौती दिन थाले । तर देवताका राजा जायसले यो समस्या समाधान गर्ने एक जुक्ति निकाले र मानिसलाई पुरुष र महिला दुई भागमा बाँडिदिए । जसको नतिजा यस्तो भयो, मानिस सीधा उभिन थाले, दुई खुट्टामा हिँड्न थाले र यस्तो लाग्न थाल्यो कि उसको अगाडिको अङ्ग विभाजित भएका छन् ।

प्लेटोका अनुसार, हाम्रो अपूर्णताले हामीलाई दोस्रो भागको चाहना गर्न बाध्य बनायो । प्लेटोले सेक्सलाई पूर्णताको मागको रूपमा व्याख्या गर्छन् । हामी त्यो हरेक चिजसँग प्रेम गर्छौँ, जुन हाम्रो आफ्नो होइन । तर, एक समय यस्तो पनि आयो जब सेक्सको बारेमा ‘यो बेकार चिज हो’ भन्न थालियो । सेक्स फोहोरी हो र यो गर्नु पाप हो ।

३२५ इस्वीमा क्याथोलिक चर्चले जब आफ्नो नियम कानुन बनायो, जसमा प्रस्टसँग बताइएको थियो “शरीर एक खराब चिज हो, शारीरिक सुख बेकार हो र यसलाई पाउने इच्छा राख्नु पाप हो ।“ उनीहरू सेक्सको एक मात्र उद्देश्य केवल सन्तानलाई जन्म दिनु मान्दथे । तर, लगभग त्यही समय वात्स्यायन गङ्गा किनारमा बसेर कामसूत्र लेखिरहेका थिए र बताइरहेका थिए कि वास्तवमा यौनिक आनन्द धेरै राम्रो चिज हो र यसलाई कसरी अझ बढाउन सकिन्छ ।

बीबीसी

सेक्समा खुलापन

प्राचीन भारतीय वास्तुकलामा यस्ता धेरै उदाहरण छ, जसले प्राचीन समयमा मानिसहरूको सोच सेक्सलाई लिएर कति खुला थियो भन्ने बताउँछ । ओडीशाको कोणार्कको सूर्य मन्दिरलाई नै लिनुहोस् जहाँ मूर्तिकलामा नग्न मूर्तिहरू देख्न सकिन्छ ।

त्यसैगरि बौद्ध धर्मसँग सम्बन्धित अजंता र एलोराको गुफामा पनि युवतीका नग्न मूर्ति देखिन्छ । अजन्ता गुफाका चित्रहरू ईसा भन्दा दुई शताब्दी अघि बनाइएको थियो भने एलोराको कलाकृतिलाई पाँचौँ देखि दसौँ शताब्दि बिचको बताइन्छ ।

भारतमा सेक्सको खुला चित्रण मध्य प्रदेशको खजुराहोका मन्दिरमा पनि देख्न सकिन्छ । यो मन्दिर करिब एक हजार वर्ष पुरानो रहेको छ । यसलाई चन्देल राजाहरूले ९५० देखि १०५० ईस्वी बिच बनाउन लगाएका थिए । त्यतीबेला करिब ८५ मन्दिर बनाइएका थिए, तर त्यसमध्ये आज केवल २२ मात्र अस्तित्वमा छन् । युनेस्कोले यिनलाई १९८६मा विश्वको धरोहर घोषित गरेको थियो ।

यी मन्दिरहरूमा यौन सम्बन्धको हरेक रूप देख्न सकिन्छ, भित्तामा हरेक सेक्स आसनलाई चित्रित गरिएको छ । यहाँ तीन मानिसले एकसाथ यौन सम्बन्ध राखिरहेको देख्न सकिन्छ । एउटा रोचक कुरा के छ भने भारतमा समलैङ्गिकता अहिलेसम्म कानुनी रूपमा अपराध थियो, त्यही देशको प्राचीन मन्दिरमा समलैङ्गिकतालाई मूर्तिद्वारा सम्झाइएको छ । १३ औँ शताब्दीमा माउन्ट आबु नजिक बनाइएको दिलवाडा मदिरमा पनि अन्तरङ्ग दृश्यलाई सङ्गमरमरमा कुँदिएको छ ।

बीबीसी

 समलैङ्गिकताको स्वीकार्यता

त्यसो त समलैङ्गिकता संसारका अन्य मुलुकमा आफ्नो पहिचानका लागि लडिरह्यो तर प्राचीन भारतमा यसलाई सामाजिक मान्यता प्रदान दिइयो । अमर दास विल्हेमको किताब ‘तृतिया- प्रकृति : पीपुल अफ द थर्ड सेक्स: अंडरस्ट्यान्डिंग होमोसेक्शुएलिटी, ट्रांसजेंडर आइडेन्टिटि थ्रू हिन्दुइज्म’मा मध्यकालीन र संस्कृत ग्रन्थको शोधपछि साबित गरिएको छ कि समलैङ्गिक र ‘तेस्रो लिङ्ग’ भारतीय समाजमा सधैँ रहेको थियो ।

यो पुस्तकमा कामसूत्रलाई उद्धृत गर्दै एक जमानामा महिला समलैङ्गिकलाई ‘स्वारानी’ भनिन्थ्यो भनिएको छ । यी महिलाहरू दोस्रो महिलासँग विवाह गर्थे, उनीहरूलाई ‘थर्ड जेन्डर’ र सामान्य समाजका बिच सजिलै स्वीकार गरिएको थियो । यही किताबमा समलैङ्गिक पुरुषलाई ‘क्लिव’ नाम दिइएको छ, उनीहरूलाई नपुंसक पुरुष बताइएको छ जो आफ्नो समलैङ्गिक प्रवृत्तिका कारण महिलामा रुचि राख्दैन थिए ।

विवाहेत्तर सम्बन्धको कुरा

प्राचीन भारतमा महिला या पुरुषले कुनै अन्य महिला या पुरुषसँग विवाहेत्तर सम्बन्ध बनाउनु पनि अपराध हुँदैन थियो र यसले सामाजिक मान्यता पाएको थियो । राधा-कृष्णको प्रेमको वर्णन यो कुराको उदाहरण हो, कि समाजमा खुलापन थियो, र प्रेमलाई लाजसँग जोडिँदैन थियो ।
सूरदासको शब्दमा –

“अपनी भुजा श्याम भुज ऊपरि श्याम भुजा अपने उर धरिया।
यों लपटाइ रहे उर-उर ज्यों, मरकत मणि कंचन में जरिया”।

(आफ्नो हात श्यामको हातमाथि श्यामको हात आफ्नो छातीमाथि राखेर, दुई वक्षस्थल आपसमा यसरी जोडिएका छन् मानौँ सुनमा मरकत मणि जोडिएको होस्)

विद्यापतिले पनि राधाको सौन्दर्यको वर्णन गर्ने बेला आफ्नो हृदय पोखेका छन्, उनी राधालाई एक सामान्य नायिका जस्तो चित्रित गर्छन्, यद्यपि उनलाई राम्रोसँग थाह छ कि राधा-कृष्ण पूज्य छन्, आराध्य छन् ।

कृष्णसँग कहीँ पनि उनकी पत्नीको तस्बिर या मूर्ति भेटिँदैन, सबै ठाउँमा कृष्णसँग राधा नै देखिन्छिन्, यो समाजमा प्रेमको स्वीकृतिको उदाहरण हो ।

बीबीसी

आकाश-धर्तीको फरक

त्यसो त प्राचीन भारतमा सेक्समाथि धेरै ग्रन्थ लेखिए तर कामसूत्रले पहिलो पटक सेक्समा नारीको आनन्द पुरुषको जति महत्त्वपूर्ण हुँदैन भन्ने मिथकलाई तोड्यो । पहिला महिलाले चरम सुख यानि ‘अर्गाज्म’का लागि पुरुषमाथि निर्भर हुनुपर्छ भन्ने धारणा थियो । वात्स्यायनले पहिलो पटक कामसूत्रमा महिलाहरूको चरम सुखका लागि पुरुष हुनु जरुरी नरहेको बताएका छन् । एक प्रेमीको रूपमा पनि महिला र पुरुषमा धेरै फरक हुन्छ र उनीहरूको यौनिकता यानि ‘सेक्सुआलिटि’का लागि स्रोतमा पनि आकाश-धर्तीको फरक छ । वात्स्यानन भन्छन् ‘पुरुषको सेक्स इच्छा आगो जस्तै हुन्छ जुन उसको गुप्तांगबाट उठेर उसको मस्तिष्कतिर जान्छ । आगो जस्तै उनीहरू चाडैँ दन्किन्छन् र त्यति नै सजिलोसँग सेलाउँछन् । यसको विपरीत महिलाको सेक्स इच्छा पानी जस्तै हुन्छ, जुन उसको शिरबाट सुरु भएर तलतर्फ जान्छ । त्यसलाई जगाउन पुरुषलाई भन्दा धेरै समय लाग्छ ।”

बीबीसी हिन्दीबाट (इलेस्ट्रेशन – पुनीत बरनाला, प्रोड्यूसर सुशीला सिंह) अनुवाद : सुरज पराजुली

Tags:

सम्बन्धित समाचार