बुधबार , मंग्सिर ५, २०८१

किन हुन्छ एलर्जी ?

image

काठमाडौं । हामीले धेरैले झेलिरहेको समस्या हो, एलर्जी । हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्त्व प्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसैलाई हामी एलर्जी भन्ने गर्छौँ । एलर्जी सामान्यदेखि जटिल सम्म बन्न सक्छ । एलर्जी भएको समयमा अनेक किसिमको  लक्षण देखा पर्न थाल्छ । जस्तै, चिलाउने, कसैलाई खोकी लाग्ने, हाच्छिउँ आउने, शरीर सुन्निने, कसै कसैलाई झाडापखाला लाग्ने, बान्ता हुने हुन्छ ।

एलर्जीका लक्षणहरू

  • छालामा रातो रातो डाबर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु र सास फेर्न समस्या हुनु
  • हाच्छिउँ आउनु, आँखा चिलाउनु,रातो हुनु, सुन्निनु, पोल्नु वा आँखाबाट आँसु बग्नु
  • नाक चिलाउनु, नाक बन्द हुन वा पानी बग्नु
  • पेट दुख्नु वा पेट बर्टानु
  • वाकवाकी लाग्नु वा वान्ता हुनु
  • पखाला लाग्नु
  • स्वाद अथवा गन्ध हराउनु
  • मुखको वरिपरि सुन्निनु
एलर्जीका कारणहरू
  • कसैलाई केही खानेकुरा अण्डा, मेवा, दूध, गहुँ जस्ता खानेकुराले पनि एलर्जी हुन सक्छ ।
  • केही मानिसलाई औषधिको प्रयोगले पनि एलर्जी हुनसक्छ ।
  • हावामा भएका फुलका पराग, माटोका कण, जनावरका भुवा वा धुलोका कारणले हुन्छ ।
  • कसैलाई झिँगा, कमिला, मौरी,बारुलाले टोक्यो भने पनि एलर्जी हुन्छ ।
  • घर पालुवा जनावरका प्वाँख, छाला र नङ्ग्राबाट कतिपय मानिसहरूलाई एलर्जी हुन्छ ।
  • कसै कसैलाई नयाँ कपडाले पनि एलर्जी हुन्छ ।
समाधान
  • आफूलाई के खानाले एलर्जी हुन्छ पत्ता लगाउने र नखाने ।
  • जथाभाबी औषधि नखाने
  • ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
  • एलर्जी भई हालेमा चिकित्सककोमा जाने ।

सम्बन्धित समाचार