काठमाडौं- तुलसिपुर उपमहानगरपालिकाको राना गाउँमा एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा संघीय सांसद टेकबहादुर बस्नेतसहित १० जना घाइते भएका छन् ।
सल्यानबाट दाङतर्फ जाँदै गरेको बा ८ च ६९२५ नम्बरको गाडी र दाङबाट सल्यान आउँदै गरेको ना अकथा ९४१ नम्बरको एम्बुलेन्स एकअर्कासँग ठोक्किएको हो।
सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएका छन छ । घाइते सांसदसहित सबैको प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ । उनीहरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।