आधा दुःख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ
Photo by: artist; KORINNA
समय र सन्दर्भमा विचारकहरुके एवं महान् व्यक्तित्वहरूले दिएका, भनेका कुराहरूले हामीमा सकारात्मक ऊर्जा मिल्छ, त्यसैले हाम्रा लागि निकै प्रेरणादायी र प्रेरक हुने गर्छन् । आज यहाँ अज्ञातका यस्तै प्रेरक भनाई प्रस्तुत छन् :
१. भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ ।
२. जीवनमा कठिनाइ बर्वाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।
३. जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठुलो कायरता हो ।
४. जीवनमा जब ठुलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकि जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरबारको अर्थ हुँदैन ।
५. आधा दुःख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ ।