शुक्रबार , अषोज ४, २०८१

सागकी स्वर्ण विजेता सञ्जु चौधरी मंगलबार मृत फेला

ललितपुरमा  मंगलबार १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी छिन् । 

image

ललितपुर । ललितपुरमा  मंगलबार १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी छिन् ।

सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको जानकारी दिए ।

चौधरी सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको भएकाले प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले बताए ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जु केहि समयअघि देखि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा सञ्जुले स्वर्ण पदक जितेकी थिइन् ।

सम्बन्धित समाचार