शुक्रबार , अषोज ४, २०८१

निर्वाचनको दिन मनाङमा पर्यटकले प्रवेश पाउने

image

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन  मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् । विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने भनिएको छ ।

तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्।

पर्यटक विशेषगरी थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि मनाङ आउने गर्दछन् ।

सम्बन्धित समाचार