शुक्रबार , अषोज ४, २०८१

छुरी प्रहारले भरतपुरमा हत्या भएका युवा कांग्रेस बागमती प्रदेश प्रतिनिधि

image

चितवन । भरतपुर महानगरपालिका, चितवनको वडा नम्बर ७ मा हत्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ।

अज्ञात समूहले धारिलो हतियार प्रहार गरी आइतबार बेलुकी करिब ७:३० बजे कृष्णपुर खेलमैदान नजिक अनिल परियारको हत्या गरेको थियो।

परियारको शरीरका विभिन्न ठाउँमा छुरी प्रहार भएको छ । उपचारका लागि चितवन मेडिकल कलेज लगिएको परियारलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

कांग्रेस चितवन सभापति राजेश्वर खनालद्वारा जारी प्रेस विज्ञप्तिमा उनले धारिलो हतियार प्रहार गरी अनिलको हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

खनालले निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहित तुल्याएको बताए ।

यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्ने जानकारी दए ।

सभापति खनालले निकालेको विज्ञप्तिमा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम प्रशासन हुने पनि उल्लेख छ। प्रहरीको अनुसार घटनामा संलग्न समूहको खोजी भइरहेको बताएको छ।

सम्बन्धित समाचार