बिहिबार , कार्तिक २९, २०८१

आचारसंहिता विपरीतका पोस्ट हटाउन आयोगको निर्देशन

 मौन अवधि सुरु नहुँदै सामाजिक सञ्जालमा राखिएका आचारसंहिता विपरीतका सामग्री हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

image

काठमाडौं । मौन अवधि सुरु नहुँदै सामाजिक सञ्जालमा राखिएका आचारसंहिता विपरीतका सामग्री हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको मौन अवधि आज बेलुका १२ बजेबाट सुरु हुँदैछ । मौन अवधि सुरु नहुँदै आचारसंहिता विपरीतका सामग्री हटाउन र नयाँ केही नराख्न आयोगले निर्देशन दिएको हो ।

आयोगले फेसबुक, ट्विटर, टिकटक लगायतका सञ्जालबाट आचारसंहिता विपरीतका चित्र र पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको हो ।

आयोगको सूचनामा भनिएको छ  “उम्मेदवार र उनीहरूका फ्यानहरूका फेसबुक, ट्विटर, टिकटकलगायत पेजहरूमा स्पोन्सर पोस्ट हुन सक्ने भएकोले सबै उम्मेदवार तथा फ्यानहरूलाई मौन अवधि सुरु हुनुअगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्रहरू/पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ”।

सम्बन्धित समाचार