मंगलबार , अषोज २९, २०८१

सौर्य एअर दुर्घटनाः १८ जनाको मृत्यु

image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्स विमान दुर्घटना हुँदा  १८ जनाको मृत्यु भएको छ। नेपाली सेनाका अनुसार सबै जना सौर्य एअरका कर्मचारी हुन् ।

बुधबार विहान दुर्घटनामा परेको सौर्य एअरको विमानको पाइलट मनिष शाक्यलाई उपचारार्थ केएमसी अस्पताल लगिएको छ । बाँकीको खोज र उद्धारमा शुरक्षा निकाय लागिपरेको छ । प्लेन सी–चेकको लागि पोखरा जाने तयारीमा थियो । त्यसमा सौर्य एअर कर्मचारीहरु मात्रै थिए।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको खुलासा भएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणको अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडान भर्न लागेको हो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडान भर्न लागेको उक्त जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले पनि उद्धारको काम जारी छ ।

सम्बन्धित समाचार