बुधबार , अषोज २, २०८१

जरुङ गाउँका रङ्गहरूः गाउँ एक, रूपरङ्ग अनेक (तस्बिरहरू)

समुन्द्री सतहबाट १२ सय देखि १५ सय मिटरको उचाइसम्म फैलिएको जरुङ गाउँमा तामाङ समुदायको बसोबास रहेको छ ।

image

गाउँ नै गाउँले भरिएको देश हो नेपाल । नेपालको वास्तविक सुन्दरता र चित्र हेर्न यहाँका गाउँ हेर्नुपर्छ । गाउँहरू त गहना हुन् नेपालका । यिनै गाउँहरूले सजिएकी भएर त हो नि, हामीले भन्न पाएका छौँ, नेपाल सुन्दर छ ।

गाउँहरूले ऋतुसँगै आफ्नो रूप-रङ्ग पनि फेरिरहन्छन् । हेमन्त-शिशिर ऋतुमा तोरी फुलेपछि पहेँलपूर देखिने गाउँहरू नेपालमा धेरै छन् । सुन्दर गाउँहरूलाई ढकमक्क फुलेको तोरीले सुनौलो बनाइदिन्छन् । धादिङको बेनीघाट-रोराङ गाउँपालिका-१, मा अवस्थित जरुङ गाउँ तोरी फुलेसँगै निकै सुन्दर देखिएको छ । महाभारत लेकको काखमा विराजमान जरुङ गाउँलाई धादिङको दक्षिणी भेगकै सबै भन्दा सुन्दर गाउँ समेत भन्ने गरिएकाे पाइन्छ ।

समुन्द्री सतहबाट १२ सय देखि १५ सय मिटरको उचाइसम्म फैलिएको जरुङ गाउँमा तामाङ समुदायको बसोबास रहेको छ । यस गाउँलाई पर्यटकीय गन्तव्य बनाउनका लागि स्थानीयले पहल सुरु गरेका छन् ।

तस्बिरहरू:

 

तस्बिरः चन्द्र तामाङ/हिमाल दर्पण

सम्बन्धित समाचार