बुधबार , कार्तिक २८, २०८१

“बेनीघाट-रोराङ-१, लाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ” -मुख्यमन्त्री पाण्डे

"पर्यटकहरू पुग्न बाटाे राम्राे हुनुपर्छ । आदमघाटबाट बाँसखर्क-सुन्दनागी पुग्ने बाटोको लागि ४८ करोड रुपैयाँको टेन्डर स्वीकृत भएर काम अघि बढेको छ भने त्यस ठाउँमा आउन मकवानपुरको मनहरीबाट पनि ५४ करोड रुपैयाँको टेन्डर स्वीकृत भएर काम अघि बढेको छ । अब बेनीघाट-रोराङ-१, ले बाटोको विषयमा चिन्ता गर्न नपर्ने दिन आएको छ ।" पाण्डेले भने ।

image

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले धादिङको बेनीघाट-रोराङ-१, लाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताएका छन् । जसुलसी उत्थान समाजका संस्थापक अध्यक्ष एवम् समाजसेवी उन बहादुर लामाकी धर्मपत्नी स्व सीता तामाङको अन्तिम मृत्यु संस्कार (घेवा) मा श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

बेनीघाट-रोराङ-१, प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेकोले यसलाई पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्न सकिने र त्यसका लागि आफूले कदम चाल्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । उक्त वडासम्म पुग्ने बाटो सहज बन्दै गएको र अब बाटोको लागि चिन्ता गर्नु नपर्ने उनले बताए ।

“पर्यटकहरू पुग्न बाटाे राम्राे हुनुपर्छ । आदमघाटबाट बाँसखर्क-सुन्दनागी पुग्ने बाटोको लागि ४८ करोड रुपैयाँको टेन्डर स्वीकृत भएर काम अघि बढेको छ भने त्यस ठाउँमा आउन मकवानपुरको मनहरीबाट पनि ५४ करोड रुपैयाँको टेन्डर स्वीकृत भएर काम अघि बढेको छ । अब बेनीघाट-रोराङ-१, ले बाटोको विषयमा चिन्ता गर्न नपर्ने दिन आएको छ ।” पाण्डेले भने ।

धादिङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका पाण्डेले श्रद्धाञ्जली सभामा राजनीतिक भाषण गर्नु सोभनीय नभए पनि राजनीति मानव जीवन र समाजका अभिन्न अङ्ग भएको र आफू एक राजनीतिकर्मी भएको हिसाबले आफ्ना कुराहरू राख्नु वान्छनिय हुने भन्दै आफ्ना विचारहरू राखेका छन् ।

उनले नेपालमा राजनीतिक स्थायित्व कायम गर्दै समाजलाई विकास समृद्धिको दिसामा अघि बढाउने उद्देश्यले अघिल्लो निर्वाचनमा वाम एकता गरेको तर, सरकारको नेतृत्व गरेका तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अराजनीतिक चरित्रका कारण देश बरबादीतर्फ उन्मुख भएपछि आफूहरूले विद्रोह गर्नु परेको बताए । उनले नेपालले लामो राजनीतिक आन्दोलनबाट प्राप्त गरेको लोकतन्त्र र संविधानलाई मास्ने दिसामा ओली अगाडि बढेपछि आफूहरूले प्रतिरोध गरेको बताए ।

आफूले धादिङ क्षेत्र नम्बर १ को लामो समय नेतृत्व गरेको र त्यहाँका प्रत्येक गाउँ टोलका जनतामाझ आफू परिचित रहेको भन्दै आसन्न निर्वाचनमा पनि आफू निर्वाचित हुने दाबी गरेका छन् । उनले धादिङ मा थुप्रै विकास निर्माणका कार्यहरू गरेको र अधुरा योजनाहरू पुरा गर्नका लागि पनि आफ्नो जित आवश्यक रहेको बताए ।

मुख्यमन्त्री पाण्डेको मुलुकले लामो सङ्घर्षबाट प्राप्त गरेको व्यवस्था जोगाउन र मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन अपिल गरेका छन् ।

काठमाडौंको स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घको गुम्बामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले स्व. सीता तामाङको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै कामना गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सदस्य श्याम लामाले लाेकतन्त्रकाे रक्षा गर्नकै लागि भए पनि गठबन्धनकाे आवश्यकता रहेकाे बताएका छन् । आसन्न निर्वाचनपछि गठबन्धनकै बहुमतसहितकाे सरकार बन्ने र मुलुकमा राजनीतिक स्थिरता कायम हुने लामाले दाबी गरे ।

धादिङको बेनीघाट राेराङ-१, जरूङ  पुर्ख्यौली घर भई हाल काठमाडाैंकाे कलङ्की निवासी उन बहादुर लामाले एक दशक अघि  बेनीघाट राेराङ-१, घर भई विभिन्न पेसा व्यवसाय गरी काठमाडाैं बसोबास गर्दै  आएकालाई  एक  आपसमा जोड्न र अप्ठ्यारामा परेकालाइ सहयोग गर्ने उद्देश्यले जसुलसी उत्थान समाज नामक सामाजिक संस्था स्थापना गरेका थिए । बेनीघाट राेराङ १ का जरूङ, सुन्दरनागी, लवाङ र सिम्टार गाउँको नामको पहिलो अक्षरबाट संस्थाको नामकरण गरेको थियो ।

भिडियो

सम्बन्धित समाचार