मंगलबार , अषोज १, २०८१

‘एसपिपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ’ -गगन थापा

...प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ ।’

image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले अमेरिकाले अघि सारेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा जवाफ दिनुपर्ने बताएका छन् ।

आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले प्रधानमन्त्री देउवाले यसबारे जवाफ दिनुपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए । लगत्तै बोलेका कांग्रेस सांसद थापाले पनि एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन् ।

‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैंले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो । तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ ।’

एसपिपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि यसको सर्वत्र चर्चा भएको छ । सम्झौताको विरोधमा आवाजहरू उठिरहेका छन् ।

सम्बन्धित समाचार