आइतबार , कार्तिक २५, २०८१

चार बच्चालाई बेचिरहेकी एउटी आमा

image

चार साना केटाकेटीहरू घरको दलिनमा बसिरहेका छन् । उनीहरूको अगाडि पर्चामा लेखिएको छ, ‘चार बच्चाहरू बिक्रीका लागि राखिएका छन् ।”

बच्चाहरू पर्चाको छेउमा बसिरहेका छन् । पृष्ठभूमिमा आमा आफूलाई क्यामेराबाट टाढा पार्दै छिन् ताकि बच्चाहरूको फोटो खिच्दा आमाको अनुहार नदेखिओस् ।

यो तस्बिरमा एक नजर राख्नुहोस् त ! मुटु नै चिरिएको महसुस हुन्छ । ती केटाकेटीहरूले के महसुस गरिरहेका थिए भनेर कल्पना गर्ने प्रयास गर्नुहोस् । यो पनि कल्पना गर्ने प्रयास गर्नुहोस् कि आमाले कस्तो महसुस गरिरहेकी होलिन् ?

विश्वव्यापी रुपमा, धर्मपुत्र परिवारले समाजभित्र भूमिका ग्रहण गरेको छ । जीवनमा अज्ञात कारणहरूका लागि परित्याग गरिएका र निश्चित रुपमा स्थापित घरमा हुर्कने सम्भावनाबाट वञ्चित भएका बालबालिकाहरू यस्ता कार्यहरूको शिकार हुँदै आइरहेका छन् ।

दत्तक संसारमा नजोडिएको साथीले केही हप्ता अघि मलाई यहाँ राखिएका तस्बिर पठाउनुभएको हो । उनलाई धर्मपुत्र विघटन, अवरोधहरू र “पुनः घर फर्काउने” बारे सबै कुराहरू थाहा थिएन । तर यो तस्बिरले हामीलाई अहिलेको परिवारको संरचनात्मक असक्षमताबारे प्रस्टै पारेको छ । यसले के बुझाउँछ भने, परिवार केवल पारिवारिक पुस्तालाई अग्रता दिन मात्र आवश्यक छैन वा दत्तक परिवारको पुर्णरूपले परिवारको आवश्यकतालाई निभाउन सक्दैन भनेर बुझाउँछ ।

तस्बिर पछाडिको कथा 

यो तस्बिर अगस्ट ४, १९४८ मा लिइएको थियो ।  तस्बिर अमेरिकाको, सिकागोको एक अखबारमा प्रकाशित भएको थियो ।

तस्बीरमा देखिएका चार जना बच्चाको नाम क्रमशः सुएलेन (माथि बायाँ), लाना (शीर्ष दायाँ), मिल्टन (तल बायाँ), र रे (तल दायाँ) रहेको छ । आमा लुसिल चालिफक्स क्यामेराबाट आफ्नो आँखालाई जोगाउँदै थिइन् । मैले सोचे जस्तो उनी रुँदै थिइनन् ।

उनी २४ वर्षकी हुँदा उनले आफूभन्दा १६ वर्ष ठुलो केटासँग विवाह रचिन् । उनले जोसँग विवाह गरिन्, त्यो व्यक्ति बेरोजगार थियो र लामो समयसम्म बेरोजगार नै रह्यो । यो फोटो खिच्ने समयमा उनले विवाह गरेको ६ वर्ष भएको थियो । उनको गर्भमा पाचौं बच्चा थियो ।

उनको दु:खको मापन कसले गर्ने र उनको वास्तविक संरक्षक को हो भनेर न उनलाई थाहा थियो, न कसैले संरक्षकको भूमिका निभाएका थिए । तर, यसरी पत्रिकामार्फत तस्बिर प्रकाशित भएपछि अमेरिकाबाट उनलाई आर्थिक र अन्य विभिन्न प्रकारका सहयोगको प्रस्ताव आयो । यसरी बच्चाहरूलाई दत्तक परिवारले धर्मपुत्रको रुपमा ग्राहक गर्ने प्रस्ताव अघि राख्यो ।

अनि के भयो ?

केही समयपछि बुबाले त्यो परिवार त्यागे । रेकर्डहरूले के देखाउँछन् भने उनी आपराधिक क्रियाकलापमा संलग्न थिए । जब पाँचौँ बच्चा डेभिड १९४९ मा जन्मियो, तब लुसिलले (आमा) सरकारी सहयोग लिइन् । कथा पूरा भएको छैन । जब जुलाई १९५० मा उनीहरूको घरमा पुगियो तब त्यहाँ केवल डेभिड थिए । उनी ओछ्यानमा कीराको टोकाइ र नराम्रो आकारमा ढाकिएका थिए । त्यसपछि डेभिडलाई मायालु तर कडा प्रकृतिको घरले धर्मपुत्रको रुपमा अपनायो तर, उनी त्यहीँ बस्न सकेनन् र १६ वर्षको उमेरमा भागे । पछि, उनले सेनामा २० वर्ष बिताए र बाँकी जीवन ट्रक चालक भएर बिताए ।

रे भन्छिन्, ‘उनलाई उनकी आमाले (अगस्ट १९५०) मा दुई डलरमा बेचेकी थिइन, ताकि उनकी आमाले पैसा पाउन सकुन् । किनभने रेकि आमाले डेटिङ गरिरहेको मान्छेलाई बच्चाहरूसँग केही मतलब थिएन । मिल्टन नजिकै उभिएर रोइरहेको थियो, त्यसैले त्यो परिवारले उसलाई पनि लगेको थियो ।’

दुःखको कुरा, तिनीहरूको नयाँ बुबा भयानक रुपमा अपमानजनक र क्रूर थियो । त्यसैले पनि होला रे १७ को हुँदा घरबाट भाग्यो । त्यसको केही समयपछि मिल्टनलाई दुर्व्यवहारको कारण घरबाट हटाइयो भनिन्छ । तर, कुन उमेरमा उनले घर छाडे त्यो स्पष्ट छैन । मिल्टन अन्ततः मानसिक अस्पतालले अस्पतालमा फेला परे । उनलाई ‘स्किजोफ्रेनिया’ भएको थियो । उनी २३ वर्षको उमेरमा १९६७ मा अस्पतालबाट बाहिर आए । त्यसपछि उनले विवाह गरे र, अमेरिकाको एरिजोनामा सरे । त्यो वैवाहिक सम्बन्ध आठ वर्ष मात्र टिक्यो र पछि सम्बन्ध विच्छेद हुन् पुग्यो।

लानालाई के भयो भनेर कसैलाई थाहा छैन तर, एकैपटक उनकोबारे के थाहा भयो भन्दा १९९८ मा उनको क्यान्सरबाट मृत्यु भयो । सुएलेनलाई धर्मपुत्री बनाइएको थियो, तर उनका दुई छोराहरू छन् भन्ने बाहेक अरू कुनै थप जानकारी पाउन सकिएको छैन । उनले आफ्ना छोराछोरीलाई आमाले बेचेको बताएकी थिइन् ।

बच्चाहरूले के भने ?

यो तस्बिरहरूले एउटा कथा बताउँछ । एउटा शक्तिशाली दु:खी कथा । एउटा कथा, जसले भावी पुस्तामा समेत दिगो प्रभाव छोड्यो । दु:खका दागहरू गहिरो हुने गरि दियो । सुएलेन फोक्सोको रोगको कारण मरिन । उनले आफू मर्ने बेला आफ्नी आमालाई गाली गर्दै मरिन । उनले, ‘मेरी आमा नरक जान आवश्यक छ’ भनेकी थिइन् भनेर उनका दुई छोराले बताए ।

मिल्टन: “मलाई जन्मदिने आमाले मलाई कहिल्यै माया गर्नुभएन । उहाँलाई म, मलाई बेचेकोमा कहिल्यै माफी गर्ने छैन । उनबाट मैले केवल घृणा मात्र पाएको छु ।”
डेभिड: “हाम्री आमाले हामी सबै भाइबहिनीलाई छुटाउनुभयो । अरू कसैसँग विवाह गरेर, अरू चार छोरीहरू जन्मिए र उहाँले तिनीहरूलाई राख्नुभयो र  र पालनपोषण गर्नुभयो । उहाँले हामीलाई सँगै राख्नुभएन । हामी सबै मानव हौँ । हामी सबैले गल्ती गर्छौँ, त्यो गल्तीलाई सुधार्न सकिन्छ । तर, मेरी आमाले कहिल्यै आफूलाई सुधार्ने प्रयास गर्नुभएन ।”
अमेरिकाको पालनपोषण प्रणालीमा परिवारको पर्खाइमा रहेका यी चार बालबालिकाहरू जस्तै थुप्रै बालबालिकाहरू छन् । तिनीहरू यी बच्चाहरू जस्तै डराएका र अन्योलमा छन् । तिनीहरूको अनुहारले हामीलाई पनि सताउनुपर्छ । तर, पालनपोषणको बहानामा बच्चाको मानसिक शारीरिक अवस्थालाई ध्यानमा राख्न जरुरी छ ।

अहिलेको अवस्थामा अमेरिकाको संख्या कस्तो छ हेरौं:

१. ४४२,९९५ बालबालिका पालनपोषणमा छन् । अमेरिकामा लागु औषध सङ्कटका कारण यो संख्या हरेक वर्ष बढ्दै गएको छ ।

२. १२३,४३७ बालबालिका धर्मपुत्र/पुत्रीको लागि पर्खिरहेका छन् ।

३. २०१७ मा पालनपोषण हेरचाहबाट ५९,४३० बालबालिकाहरू विभिन्न परिवारले अपनाएका थिए ।
४. धर्मपुत्र/पुत्रीका लागि पर्खिरहेका बालबालिकाको औसत उमेर ७.६ वर्ष रहेको छ ।
५. धर्मपुत्र/पुत्रीहरू मध्ये २१ प्रतिशत मात्र १० वर्ष वा सोभन्दा माथिका थिए । प्रतिक्षारत बालबालिकामध्ये करिब ३५ प्रतिशत नौ वर्षभन्दा माथिका छन् ।
६. ५१ प्रतिशत बालबालिकालाई पालनपोषण अभिभावकले र ३५ प्रतिशतलाई आफन्तले अपनाएका छन् ।

सम्बन्धित समाचार