शुक्रबार , अषोज ४, २०८१

बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न यसैपालि बजेट छुट्ट्याउने

संघर्षरत बन्चरे डाँडाका प्रतिनिधि र सरकारबीच शुक्रबार बिहान भएको वार्तामा यस्तो सहमति भएको हो ।

image

काठमाडौं । सरकारले बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्नका लागि यसैपालि बजेट छुट्टयाउने भएको छ । संघर्षरत बन्चरे डाँडाका प्रतिनिधि र सरकारबीच शुक्रबार बिहान भएको वार्तामा यस्तो सहमति भएको हो । सहमति भएसँगै स्थानीयले काठमाडौंको फोहर विसर्जन गर्न दिने भएको छन् ।

आज सहरी मन्त्रालयमा भएको छलफलमा स्थानीय बासिन्दा, संघर्ष समितिले जग्गा अधिग्रहण, बन्चरेडाँडासम्म जाने बाटोका लागि पर्याप्त बजेट विनियोजन र स्थानीय बासिन्दा पनि रहने एक समिति गठन गरिनुपर्ने बताएका थिए ।

बन्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापनबारे अनुगमन गर्न स्थानीय बासिन्दासमेत रहको समिति गठन गरिनुपर्ने माग उनीहरूको थियो ।

गत फागुन २६ मा मन्त्रिपरिषद बैठकले बन्चरेडाँडा सडक राम्रो बनाउने भने पनि जम्मा ५० लाख बजेट विनियोजन भएकोमा स्थानीयले बजेट पर्याप्त उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

आवश्यक बजेट विनियोजन गरी टेन्डरको प्रक्रिया सुरू गरिनुपर्ने माग उनीहरूको थियो

बैठकमा सहरी विकास मन्त्री रामकुमारी झाक्रीले सडकलगायत योजना अघि बढ्ने बताएकी थिइन् । ५० लाख बजेट विनियोजन भएकोले उक्त सडक बागमती प्रदेश मातहत गएकोले त्यसलाई मन्त्रालय मातहत ल्याउने उनले बताएकी थिइन् ।

उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न जनप्रतिनिधि र स्थानीयको सहयोग आवश्यक परेको बताएकी थिइन् ।

सम्बन्धित समाचार