बुधबार , अषोज २, २०८१

रेनु दाहालको घोषणा- महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क, छोरीहरूको जीवन बीमा

image

काठमाडौं । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन् ।

खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन् । उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन् ।

आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रूपैयाँको जीवन बीमा गर्ने निर्णय महानगरको छ ।

महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ । यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागु हुनेछ ।

सम्बन्धित समाचार