बिहिबार , अषोज ३, २०८१

धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित

image

काठमाडौं । धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजारभन्दा बढी मत अन्तरले विजयी भएका छन् । सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीमा दलहरुलाई हराउँदै स्वतन्त्र उम्मेदवार हमालले जित हासिल गरेका हुन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् ।

उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा कांग्रेस ६ वडामा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ । ०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो ।

सम्बन्धित समाचार