शनिबार , अषोज ५, २०८१

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित

image

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । उपमहानगरपालिकामा जम्मा खसेको ६३ हजार ७ सय १५ मतमध्ये बिहानसम्म भएको ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन् । हमाल वडभन्दा १० हजार ९ सय ९७ मतले अगाडि छन् ।

हमालले वडभन्दा भारी मत प्राप्त गरिसकेकाले उनको जित निश्चित भएको छ । एमालेका रणबहादुर चन्दले भने ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन् । उपमेयरका लागि भने एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत प्राप्त गरेकी छन् ।

यस्तै, गठबन्धनका तर्फबाट माओवादीकी उपमेयर उम्मेदवार शान्ति अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गरेकी छन् । यस्तै, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने ६ हजार मत पाएका छन् ।

अब धनगढीमा १२ हजार ६ सय ५० मत गन्न बाँकी छन्।

सम्बन्धित समाचार