शुक्रबार , अषोज ४, २०८१

मनाङको नासोँ गाउँपालिकामा एमालेलाई हराउँदै कांग्रेस विजयी

image

काठमाडौं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

धनबहादुरले नेकपा एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे ।

मनबहादुर यसअघि नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार अर्विन गुरुङलाई पछि पारेका हुन् । अर्विनले ७ सय ९६ मत पाएका छन् ।

सम्बन्धित समाचार