बिहिबार , कार्तिक २९, २०८१

साँफेबगरको बाब्लामा झडप हुँदा मतदान स्थगित

गठबन्धन पक्ष र एमाले कार्यकर्ताको बीच झडप

image

अछाम । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडपको कारण मतदान स्थगित भएको छ ।

गठबन्धन पक्ष र एमाले कार्यकर्ताको बीच मतदान जारी रहेकै बेला  झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।

प्रहरीलेको अनुसार​ बाब्लामा नेकपा एमाले माओवादी केन्द्र र कांग्रेस नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको हो ।

दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको प्रहरी सहायक निरीक्षक जनक शाहीले बताए ।

शाहीले झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको जानकारी दिएका छन् भने प्रहरीले अहिले मतदान स्थललाई सशस्त्र नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार