नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच मोरङको कानेपोखरी गाउँपालिकामा झडप भएको छ ।
काठमाडौं । नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच मोरङको कानेपोखरी गाउँपालिकामा झडप भएको छ । कानेपोखरी गाउँपालिका २ दलेली बजार नजिकै झडप भएको बताइएको छ । बुधवार राति साढे १० बजे दुई पक्षबिच झडप भएको हो ।
मतदातालाई प्रभावित गर्न हिँडेका दुई पक्ष दलेली बजार नजिक रहेको विपन्न बस्तीमा आमनेसामने भएका थिए । अचानक भएको जम्काभेट झडपमा परिणत भएको प्रहरी स्रोतले जनाएको छ । युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल झडपमा घाइते भएका छन् ।
घाइते भएका पौडेलको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घट्नाको अनुसन्धान भइरहेको र घटनामा संलग्नहरू फरार रहेको प्रहरीले जनाएको छ ।