शुक्रबार , अषोज ४, २०८१

श्रीलंका सरकारको कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन सरकारले आदेश दिएको छ ।

image

श्रीलङ्का । सरकारको विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लङ्घन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । प्रदर्शनकारीले इतिहासमै अहिलेसम्मकै खराब आर्थिक सङ्कटलाई लिएर राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि हिंसा रोकिएको छैन । सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानी’ गर्ने जो कोहीलाई गोली चलाउन सरकारले आदेश दिएको छ ।

राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दसौँ हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन्  ।

सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका राजधानीको मुख्य अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार