बिहिबार , कार्तिक २९, २०८१

आयोगले प्रचण्ड र आरजुसँग माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग स्पष्टीकरण मागेको छ । आयोगले मङ्गलवार प्रचण्डले दिएको अभिव्यक्तिमाथि केन्द्रित रहेर चौबिस घन्टे स्पष्टीकरण मागेको हो ।

image

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ । आयोगले मङ्गलवार प्रचण्डले दिएको अभिव्यक्तिमाथि केन्द्रित रहेर चौबिस घन्टे स्पष्टीकरण मागेको हो ।

चितवनमा भएको सत्तागठबन्धनको चुनावी सभामा प्रचण्डले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भनेका थिए । सोही अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण मागेको हो ।

आयोगले यस्तो अभिव्यक्ति दिनुको अन्तर्निहित मनसाय के हो ? भन्ने प्रश्नसमेत गरेको छ । त्यसैगरि काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवासँग पनि आयोगले स्पष्टीकरण मागेको छ ।

आयोगले मङ्गलवार सुदूरपश्चिमका विभिन्न काँग्रेसका चुनावी सभामा आरजुले दिएको अभिव्यक्तिलाई लिएर २४ घन्टे स्पष्टीकरण मागेको हो ।

उनले ४/५ जनाका दरले वैदेशिक रोजगारीमा युवालाई पठाउने, काँग्रेसले मेयर नजितेका ठाउँमा बजेट नपठाउने आदि अभिव्यक्ति दिएकी थिइन् ।

सम्बन्धित समाचार