बिहिबार , कार्तिक २९, २०८१

रसुवामा ८०० सुरक्षाकर्मी परिचालन, ठाउँ-ठाउँमा सिसी क्यामेरा

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि रसुवामा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

image

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि रसुवामा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ८०० सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताएका छन् । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने आदि सुरक्षासँग सम्बन्धित कार्य गर्ने बताइएको छ ।

जिल्लामा ३४ वटा मतदान स्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । साथै नौकुण्ड, उत्तरगंगा, कालिका, आमाछोदिङमो र गोसाईंकुण्ड गाउँपालिका गरी जिल्लाको पाँच वटा गाउँपालिकामा स्थापना भएको मतदान स्थलमा सिसी क्यामेरा समेत जडान गरिएको छ ।

सम्बन्धित समाचार