शुक्रबार , अषोज ४, २०८१

गठबन्धनभित्रै कार्यकर्ता बीच झडप हुँदा दुईजना घाइते- मकवानपुर

चुनावी माहोलको विषयमा मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन भित्रै विवाद हुँदा झडप भएको छ । बकैया गाउँपालिका वडा ७ कत्लेखोलामा विवादहुँदा कुटाकुटमा परि  दुईजना घाईते भएका हुन् । 

image

मकवानपुर । चुनावी माहोलको विषयमा मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन भित्रै विवाद हुँदा झडप भएको छ । बकैया गाउँपालिका वडा ७ कत्लेखोलामा विवादहुँदा कुटाकुटमा परि  दुईजना घाईते भएका हुन् ।

प्रहरीको अनुसार कुटपिटबाट नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरेको बुझिएको छ । माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया वडा नम्बर ७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले   राईले माओवादी केन्द्रका कत्लेखोला टोल कमिटि अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको जानकारी दिइन् ।

माझीले घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको । प्रहरी कार्यालय हात्तिसुडेका सई दमन तामाङले घटनाबारे जानकारी दिँदै आफूहरुलाई दुवै पक्षको निवेदन आएको र घाईतेको उपचार पश्चात घटनाको विषयमा थप छानविन हुने बताए ।

गठबन्धनबीच उम्मेदवारको भागबन्डामा चित्त नबुझेर दलहरूले बकैयामा गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि  आ आफूले उम्मेदवारी दर्ता गरेका थिए । सहमति भएपछि  उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई जिताउने अभियानमा दलहरू लागेका थिए ।

सम्बन्धित समाचार