शनिबार , अषोज ५, २०८१

यो चुनाव अग्रगामी र प्रतिगामी बिचको लडाई हो- प्रचण्ड

image

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँका रूपमा अर्थाएका छन् ।

आज एक अपिल जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन् ।

‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएका छौं,’ उनले भनेका छन् ।

प्रचण्डले यथास्थितिमै रूमल्लिन रहर नभएको पनि बताएका छन् ।

उनले अग्रगमन र प्रतिगमनको यो लडाइँमा माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार