शुक्रबार , अषोज ४, २०८१

काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ स्थापना गर्छु : सिर्जना सिंह

image

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ स्थापना गर्ने बताएकि छिन् ।

गोरखा–काठमाडौं चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ स्थापना गर्ने बताएकि हुन् ।

“ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु”, उनले भनिन् । सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउनमा आफू लाग्ने बताएकि हुन् ।

सम्बन्धित समाचार