शनिबार , अषोज ५, २०८१

कांग्रेस धादिङले गर्याे बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन

image

काठमाडौं । नेपाली कांग्रेस धादिङले वागी उम्मेदवारहरुलाई पार्टी सदस्यता समेत नरहनेगरी कारबाही गरेको छ । उम्मेदवारी फिर्ता गरेर पार्टीको आधिकारकि उम्मेदवारलाई सहयोग गर्न पटक पटक आग्रह गर्दा समेत नमानेपछि बागीहरुलाई कारबाही गर्न बाध्य भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्ता गर्दै आफ्ना उम्मेदवार र कांग्रेसले समर्थन गरेका आधिकारीक उम्मेदवारहरु विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई कारबाही गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा बेनीघाट रोराङका देवी प्रसाद सिलवाल, नीलकण्ठ नगरपालिकाकी कल्पना अधिकारी, नेत्रावती डव्जोङका टेकजंग लामा, खनियाबासका फुलबहादुर तामाङ र सरिता तामाङ लगायत निजहरुका प्रस्तावक र समर्थकहरुलार्ई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ उपधार १३ (ग) बमोजिम सदस्यता समेत नरहने गरी हटाएको उल्लेख छ ।

देवी प्रसाद सिलवाल बेनीघाट रोराङको पालिका अध्यक्षमा, कल्पना अधिकारी नीलकण्ठ नगरपालिकाको उप मेयरमा, टेकजंग लामा नेत्रावती डब्जोङको अध्यक्षमा, फुलबहादुर तामाङ खनिबासको अध्यक्षमा र सरिता तामाङले खनियाबासको उपाध्यक्ष पदमा उम्मेदवार दिएका थिए ।

सम्बन्धित समाचार