शुक्रबार , अषोज ४, २०८१

‘राजनीतिमा लागेको ‘लेउ’ हटाउन पोखरीमा छिर्ने हिम्मत गरेँ’- श्वेता खड्का

उनले लेखेकी छन्- ‘प्रणाली परिवर्तनको लागि प्रणाली निर्माणकै हिस्सा बन्न जरुरी छ । मैले यसको लागि आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी हुँ ।’

image

काठमाडौं । नायिका श्वेता खड्काले राजानीतिमा लागेको ‘लेउ’ हटाउन आफू राजनीतिमा लाग्ने हिम्मत गरेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस राख्दै नायिका खड्काले राजनीति व्यवसायिक पेशा नभई सेवाको क्षेत्र भएको र राजनीतिलाई कमाइ गरी खाने भाँडोको रुपमा प्रयोग गर्नेहरुलाई विस्थापित गर्नको लागि अग्रसर हुने महसुस भएकालेआफू यो क्षेत्रमा आएको बताएकी छन् ।

राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेतालाई धारे हात लगाउने बेला गएको भन्दै उनले लेखेकी छन्- ‘प्रणाली परिवर्तनको लागि प्रणाली निर्माणकै हिस्सा बन्न जरुरी छ । मैले यसको लागि आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी हुँ ।’

उनले सबै दलको संस्थागत सिद्धान्त खराब नहुने तर सिद्धान्त कार्यान्वयन गर्ने व्यक्तिको आचरण खराब हुने भन्दै सबै राजनीतिक दल सिद्धान्त कार्यान्वयनका असफल रहेको उल्लेख गरेकी छन्। उनले राजनीतिक सिद्धान्त कार्यान्वयनको असफलता देशका धेरै क्षेत्रमा र व्यक्तिगत जीवनमा परेको पनि बताएकी छन् ।

उनले पोखरी फोहोर भयो भनेर पोखरीको लेउलाई गाली गर्ने भन्दा त्यो हटाउन आफैँले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्ने बताएकी छन् ।

खड्काकाे स्ट्याटस :

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/539934210831159

 

सम्बन्धित समाचार