बिहिबार , अषोज ३, २०८१

भरतपुरलाई एसियाकै नमूना महानगर बनाउने गठबन्धनकाे प्रतिवद्धता पत्र (पूर्णपाठ)

image

काठमाडौं । सत्तागठबन्धनले चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । भरतपुरमा पाँचदलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाल मेयर र नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् ।

उनीहरूले आज ‘लोकतान्त्रिक-वाम गठबन्धन भरतपुर महानगर समितिको प्रतिवद्धता पत्र’ सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धता पत्रमा भरतपुर महानगरभित्र विकासका योजनादेखि किसानलाई पेन्सन दिनेजस्ता कार्यक्रम समावेश गरिएका छन् ।

प्रतिवद्धता पत्रमा ‘भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प, एसियाकै नमूना महानगर हाम्रो साझा संकल्प’ भन्ने नारासमेत समावेश छ ।

उनीहरूले सुरक्षा र सम्मानको प्रत्याभूति गर्ने, भूमिहीनका लागि घरको व्यवस्था, एक वडा एक उत्पादन, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र निशुल्क इन्टरनेट व्यवस्था गर्नेजस्ता एजेन्डा पनि प्रतिवद्धता पत्रमा समावेश गरेका छन् ।

यस्तो छ प्रतिबद्धता पत्र:

https://drive.google.com/file/d/1Ow8tX62ZaqFRUzd5q-_18NlmxuUyzvTX/view

 

सम्बन्धित समाचार