शुक्रबार , अषोज ४, २०८१

‘आइजीमा सिंहको नियुक्तिले विधिको शासनको खिल्ली उडायो’- शेखर कोइराला

image

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई दिइएको नियुक्तिले विधिको शासनको खिल्ली उडएको बताएका छन् ।

वरियता र प्रक्रिया मिचेर आईजी नियुक्त गरिएको भन्दै उनले सरकारको निर्णयको विरोध गरेका हुन् ।

‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

नेता कोइराला एआइजी विश्वराज पोखरेलले प्रहरी संगठनको नेतृत्व पाउनुपर्ने पक्षमा थिए।

काेइरालाकाे ट्वीट :

https://twitter.com/Shekharnc/status/1520692093899112448

सम्बन्धित समाचार